आयल निगम प्रादेशिक कार्यालय कास्कीका प्रमुख दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तीन हजार ३८ लिटर डिजेल हिनामिना गरेको आरोप

नेपाल आयल निगमको प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रमुख चितरंजन दासको डिजेल चोरी गर्ने कर्तुतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार दासले इन्धन बोक्ने ट्यांकर चालक, आयल निगमको अधिकृत विक्रेता र गण्डकी धौलागिरी पेट्रोलियम एसोसियनका तत्कालीन प्रतिनिधिसँगको मिलेमतोमा तीन हजार ३८ लिटर डिजेल हिनामिना गरेका छन् ।

अख्तियारले आफ्नो अनुसन्धानमा कार्यालय प्रमुख दास, गण्डकी धौलागिरी पेट्रोलियम एसोसियनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाट, कास्कीको तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्स तथा उक्त कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल र ट्यांकर नं. ग २ ख ८३६ नम्बरको ट्यांकर चालक निर्मल थापाले मिलेमतो गरी तीन हजार ३८ लिटर डिजेलमा हिनामिना गरेको पुष्टि भएको दाबी गरेको छ ।

अख्तियारले उनीहरू सबैविरुद्ध जनही चार लाख ४८ हजार ५२५ रुपैयाँ विगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार १२ हजार लिटर डिजेलको बिल भर्पाइ बनाए पनि ट्यांकरमा भने १५ हजार ३८ लिटर डिजेल लोड गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर