
देशका विभिन्न स्थानमा चोरी, करिब १७ लाख धनमाल लुटियो


काठमाडौं, झापा र दाङका विभिन्न स्थानमा आइतबार भएका छुट्टाछुट्टै घटनामा करिब १७ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
काठमाडौंको नागार्जुन नगरपालिका–२ सानो भर्याङमा डेरा गरी बस्ने दाङ, तुलसीपुर नगरपालिका–१९ घर भएका २४ वर्षीय ज्ञानेन्द्र महराको कोठाबाट आइतबार दिउँसो करिब १ लाख ५० हजार रूपैयाँ बराबरको नगद र सुनका गरगहना चोरी भएको हो।
यस्तै, नागार्जुन नगरपालिका–१० स्युचाटारमा डेरा गरी बस्ने कञ्चनपुर घर भएका ४० वर्षीय लोक राज जोशीको कोठाबाट पनि आइतबार राति करिब ८ लाख रूपैयाँ बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी, झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ एकता टोलमा बस्ने बालकृष्ण सुवेदीको घरबाट आइतबार दिउँसो करिब ८ लाख ४० हजार ५ सय ५ रूपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना चोरी भएको छ।
प्रहरीका अनुसार सबै घटनामा संलग्न रहेका व्यक्तिहरू हालसम्म फरार छन्। उनीहरूको खोजी कार्य जारी रहेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया