
बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ


बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामा ललितपुर महानगरपालिका–२७, सुनाकोठी बस्ने तनहुँ, व्यास नगरपालिका–३ दमौली स्थायी ठेगाना भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं, तारकेश्वर नगरपालिका–२, वसन्त कोलोनी बस्ने नुवाकोट, शिवपुरी गाउँपालिका–३ की ४० वर्षीया सानुमाया लामा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ललितपुरको सुनाकोठीबाट र लामालाई काठमाडौंको वसन्त कोलोनीबाट आइतबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरू बैंकिङ कसूर सम्बन्धी मुद्दामा अदालतबाट फरार ठहरिएका थिए। पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको छ। श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय बाँके, नेपालगञ्ज पठाइएको छ भने लामालाई प्रहरी वृत्त गौशाला बुझाइएको छ।
प्रतिक्रिया