ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१, काठमाडौं बसोबास गर्दै आएका जाजरकोट जिल्ला, कुसे गाउँपालिका–७ का २७ वर्षीय दिपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेका छन्।

उनीहरूविरुद्ध जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी गरिएको थियो। उक्त पुर्जीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई कीर्तिपुर नगरपालिका–१, ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोट पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर