
अनेरास्ववियुमा जुटेन सहमति, निर्वाचन कार्यतालिका सार्वजनिक


नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
नेतृत्वका लागि सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
अनेरास्ववियुको अध्यक्षका लागि डा.सुजन कडरियाको नाम प्रस्ताव गरिएको थियो । तर, अन्य प्रतिस्पर्धीहरूले हलमै नाराबाजी गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ ।
आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने बताइएको छ । मतदान भने भोलिका लागि तय भएको छ । भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने मतदान कार्य तालिकामा उल्लेख छ ।
कीर्तिपुरमा जारी २४ औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् ।
प्रतिक्रिया