विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा प्रहरी जवान पक्राउ
2021-12-05 13:00:00
प्रहरीले त्रिभुवन विमानस्थलमा सुनको बाला तस्करीमा सघाएको आरोपमा एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागूऔषध नियन्त्रण ब्यूरोका जवान राजेन्द्र केसी छन् ।
उनलाई शुक्रबार पक्राउ गरिएको र हाल महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले पर्दाफासलाई बताए ।
‘ब्युरोबाट नै यसबारेमा जानकारी आएपछि उनी पक्राउ परेका छन्, थप अनुसन्धान भइरहेको छ,’ भट्टराईले भने । उनका अनुसार विमानस्थलको सीसीटीभीमा केसीले सुनको बाला लिएर आएका व्यक्तिबाट बाला आफूले लिएको देखिएको छ ।
हाल विमानस्थल भन्सार कार्यालयले काँचो सुनबाट बनाइएको ५० ग्रामका सुनका बाला ल्याउने यात्रुमाथि कडाइ गर्दै आएको छ । भन्सार महसुल नरिएका यस्ता बाला भन्सार कार्यालयले जफत गर्दै आएको छ ।
प्रतिक्रिया