प्रधानन्यायाधीशविरुद्धको महाअभियोग चुनाव सार्ने षड्यन्त्र : ओली
2022-02-14 07:57:00
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताएका छन् ।
सोमबार एमाले संसदीय दलको बैठक उनले निर्वाचन नगराउन यसअघिका प्रयासहरु विफल भएकाले अर्को अस्त्र प्रहार गरिएको बताएका हुन् । सरकारले राम्रो नियतले ल्याएको भए प्रतिपक्षी दलसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ छ ।
ओलीले महाअभियोग प्रस्ताव गलत भएको पनि दाबी गरे । उनले प्रतिपक्षी दलबीच औपचारिक बैठक बसेर एक प्रकारको निर्णय गरे पनि त्यसविपरीत महाअभियोग प्रस्ताव आएको बताए ।
प्रतिक्रिया