५७० पालिकाको मतगणना सकियो, कसले कति जिते ?
देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ५७० स्थानीय तहको नतिजा आइसकेको छ ।
निर्वाचन आयोगले यसअघि बिहीबारसम्म सबै तहको नतिजा आउने दाबी गरेको भए पनि धेरै स्थानीय तहको मतगणना सकिएको छैन ।
अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ ।
त्यस्तै एमालेले हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।
माओवादीले हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।
नेकपा एकीकृत समाजवादीले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म दुईवटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।
हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
प्रतिक्रिया