नेपाल आइपुगे भारतीय सेनाध्यक्ष नरवणे, माइतीघरमा बिरोध प्रर्दशन
प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।
उनका साथमा भारतीय सेनाको श्रीमती संघकी अध्यक्ष वीणा नरवणे र अन्य चारजनाका साथ नेपाल आएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेका थिए ।
तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा लगाउने छन् ।
बुधबार नरवणेको कुनै सार्वजनिक कार्यक्रम राखिएको छैन्।बुधबार उनी परिवार सहित बषन्तपुर दरबार क्षेत्र घुमघाम पछि पशुपतिनाथ दर्शनका लागि जानेछन् । राती प्रधानसेनापति पूर्णचन्द्र थापाको सरकारी आवासमा नरवणेको सम्मानमा रात्री भोजको आयोजना गरिएको छ।
बिहीबार बिहान सहिद गेट, मानार्थ महारथी पदवी ग्रहण गर्न राष्ट्रपति कार्यालय र सेनाको शिवपुरीस्थित स्टाफ कलेज जानेछन्। त्यहाँ उनले सैनिक अधिकारीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बिहीबार नै प्रधानसेनापती थापासँग जंग्गी अड्डामा भेट हुनेछ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नरवणे फर्कने छन् ।
यसबिच मौसमको अनुकुलता र उनको ईच्छा भएमा उत्तरी हिमालको हवाई यात्रा समेत राखिएको छ। सुरक्षाका दृष्टीकोणले उनका सबै कार्यक्रमको समय सार्वजनिक गरिएन।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
माइतीघरमा बिरोध
भारत सिमा विवादमा विवादास्पद अभिव्यक्ति दिएका नरवणेको उनले नेपालले जारी गरेको नयाँ नक्साका बिषयमा दिएको अभिब्यक्तिपछि उनी बिरुद्ध नेपालमा श्रृंखलावद्व प्रर्दशन र बिरोध सुरु भएको छ । उनको आगमनमा माइतीघर मण्डलामा बिरोध भएको छ ।
नेपाल भ्रमणको बिरोधमा माईतिघर मण्डलामा २१ वटा साना संघ, संगठनले कालो झण्डा सहित प्रदर्शन गरेका छन् ।
ग्रेटर नेपाल नेशनालिस्ट फोरमले ‘नेप्लिज हेट नरवणे, ब्याक अफ ईन्डिया’ लेखेको ब्यानर सहित आकाशमा कालो बेलुन उडाएको छ । कालो बेलुन कुन ठाउँबाट उडाईएको थियो भन्ने चाहिँ खुल्न सकेको छैन् ।
प्रतिक्रिया