२५ वर्षपछि बुटवलमा कांग्रेसको पुनरागमन, खेलराज पाण्डेय बने मेयर
2022-05-21 16:23:00
बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् ।
उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण्डेय एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए ।
पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो । २५ वर्षपछि पुनः कांग्रेस यस क्षेत्रमा अग्रस्थानमा आएको हो ।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । अर्यालले २४ हजार ९०४ मत पाइन् भने र एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १६ हजार ९८० मत पाए ।
प्रतिक्रिया