सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या
2022-05-22 16:44:00
सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।
सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।
प्रहरीका अनुसार बाबुछोरा छुट्टाछुट्टै कोठामा सुतेका थिए । सन्त कुमारको ११ जेठमा विवाहको तयारी थियो । गत राति पनि विवाहको तयारीपछि छिमेकीहरु त्यहाँबाट घर फर्किएका थिए ।
सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले घटनाको अनुसन्धान थालेको र हत्याको कारण हालसम्म खुलिनसकेको पर्दाफासलाई जानकारी दिए ।
उनले घटनास्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान थालिएको बताए । ‘शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको छ,’ एसपी तिमिल्सिनाले भने ।
प्रतिक्रिया