जाजरकोटका वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा
2022-05-23 18:12:00
जाजरकोटाको छेडागाड नगरपालिका–१ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनले समूहको घुम्तीकोषबाट लिइएको २ लाख ५५ हजार रुपैयाँबराबरको रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
उनले आर्थिक वर्ष २०७२/७३ देखि ०७४/७५ सम्ममा उक्त रकम हिनामिना गरेको अख्तियारले बताएको छ । अख्तियारले उक्त रकम आरोपीबाट असुल उपर गर्न र कानुनअनुसार बनेस्तमाथि कैद र जरिवाना गराउन माग गरेको छ ।
प्रतिक्रिया