.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस
जेठ ९, २०७९

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।
जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा जानकारी गराइएको थियो ।
कार्यक्रमपूर्व सचिव शर्माले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए । सचिव शर्मा यसअघि वाग्मती प्रदेश सरकारका प्रमुख सचिव थिए ।
यसअघिका रक्षा सचिव वेगेन्द्रराज पौड्यालले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त भएको हो । गत ३१ असारमा सचिव बढुवा भएका शर्मा २०६९ सालमा सहसचिवमा नियुक्त भएका थिए ।
सूचना विभागको महानिर्देशक रहिसकेका शर्मा २०५१ सालमा लेखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । निजामतिमा आउनुअघि नेपाल राष्ट्र बैंक र त्यसअघि राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका शर्मा २०५९ सालमा प्रशासनतर्फ उपसचिव भएका थिए ।
जनप्रशासन र व्यापार प्रशासन गरी दुई विधामा स्नातकोत्तर गरेका शर्मा पर्वत निवासी हुन् । उनी व्यवसायिक र अध्ययनशील अधिकारीका रुपमा मानिएका अधिकारी हुन् ।
हामि तल्लो दर्जाका भुपु सैनिक लाई जीवन चरिए चलाउन सजीलो को लागि कृषि,पसुपालन, फलफूल खेती,सिजन अनुसार तरकारी खेती, माछा पालन आदि ब्याबसायिक गर्ने कोलागि सरल रीणको ब्याबस्थापन गरी माथि उल्लेखित बिषय बस्तु सम्बन्ध मा तालिम दिने काम गरी भुपु सैनिक को जीवन स्तर र मनोबल उच्च राख्न सकिन्थ्यो यस प्रति ध्यानाकर्षण गराउन चाहन्छु हाल को नयाँ आउनु भएको सचिब ज्यु हालको चिपसाब र आर्थिक सम्भारका जर्साबहरुमा साथै हामी भुपुहरु को आसा छ यो बिषय छिटो भन्दा छिटो कार्यान्वयन हुने छ भन्ने ....! "भुपु सैनिक परिवार"
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit