Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

अनलाइनबाट डलरको अवैध कारोबार, ४ जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले अवैधरुपमा अमेरिकी डलर कारोबारमा संलग्न भएका ४ जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

 

 

मुद्दा दायर हुनेहरुमा कैलाली लम्किचुवा १० घर भई हाल काठमाडौँको कालोपुलस्थित गुरुङटोल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धिताल रहेका छन् ।

 

 

उनीहरुले सामूहिक मिलेमतोमा मोबाइल एप्स इ–स्क्रील तथा बिनान्स प्रयोग गरी अनलाइनमार्फत अवैध रुपमा डलरको कारोबार गर्दै आएका थिए । उनीहरुले ग्लोबल बैंक, लक्ष्मी बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंकलगायतका बैंकबाट अवैध रुपमा  ३१ लाख २७ हजार ८ सय ९६ सेन्ट ७९ अमेरिकी डलर अवैध रुपमा कारोबार गरेका थिए ।

 

 

विभागले दिनेश खड्काविरुद्ध विनिमय ऐन बमोजिम बिगो जफत सहित ३ वर्षको कैद सजायको मागदाबी गरी साेमबार मुद्दा दायर गरेको हो ।
 

प्रतिक्रिया

1
  • Fiusbi

    फाल्गुण ३, २०७८

    cialis canada - cialis buy online cheap cialis pill

प्रतिकृया थप्नुहोस्
  • Fiusbi

    फाल्गुण ३, २०७८

    cialis canada - cialis buy online cheap cialis pill

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै