Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

फाइल तस्बिर

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।

 

 

३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृति प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

 

 

केपी ओलीको सरकारका पालामा पठाइएका राजदूत फिर्ता बोलाएपछि भारतका लागि डा.शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिएको थियो । संसदीय समितिबाट उनीहरुको सार्वजनिक सुनुवाइ सकिए पनि नियुक्ति भएको छैन । उनीहरुको पदभार हस्तान्तरण हुने प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

 

राजदूत फिर्ता बोलाइएको अर्को छिमेकी मुलुक चीनका लागि पनि राजदूत सिफारिस भएको छैन । त्यस्तै, अझ नेपाली कामदारको बढी आवतजावत हुने मुलुकहरू दक्षिण कोरिया, श्रीलङ्कालगायतका मुलुकमा पनि राजदूत पद रिक्त रहेको छ । यसले गर्दा त्यहाँको नागरिकहरुलाई कार्यसम्पादनमा असर गरिरहेको कूटनीतिज्ञहरुको भनाइ छ । 

 

 

अझ कोभिड १९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा यसरी राजदूत पद नै खाली हुनुले राम्रोे संकेत नगर्ने पनि उनीहरुको भनाइ  छ ।

 

 

नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न विभिन्न मुलुकमा ३० वटा दूतावास स्थापना गरेको थियो । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्क, जेनेभा र भियनामा गरी तीनवटा स्थायी नियोग कायम गरिएको थियो । त्यस्तै, ल्हासा, कलकत्ता, हङकङ, जेद्दा, न्युयोर्क, ग्वान्जाओ र छेन्दुमा गरी विभिन्न सातवटा महावाणिज्य दूतावास रहेका छन् । तर हाल १० वटा मुलुकमा मात्र राजदूत रहँदा अन्तर्राष्ट्रिय गतिविधि निष्क्रिय भएको गुनासो बढेको छ । कतिपय दूतावासले चार–पाँचवटासम्म मुलुकसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध हेर्दै आएको पनि मन्त्रालयले जनाएको छ ।

 

 

खाली रहेका २० मुलुकमै राजदूत पठाउने गरी परराष्ट्र मन्त्रालयले अहिले पहल गरिरहेको प्रवक्ता सेवा लम्सालले बताएकी छन् । उनका अनुसार परराष्ट्र मन्त्रालयबाट पठाइने राजदूतका दाबेदारको नामको सूची तयार भइसकेको जानकारी  दिएकी छन् । राजनीतिक आधारमा नियुक्ति गरिने भएकाले राजदूतको नाम आउन नसकेको पनि उनले बताएकी छन् ।

प्रतिक्रिया

1
  • Xvdopx

    फाल्गुण ३, २०७८

    tadalafil oral - order tadalafil 10mg cialis 40mg usa

प्रतिकृया थप्नुहोस्
  • Xvdopx

    फाल्गुण ३, २०७८

    tadalafil oral - order tadalafil 10mg cialis 40mg usa

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै