Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

‘टिभिएस ६ प्राइजको सप्राइज’ को बम्पर उपहार विनोद मानन्धरलाई

टिभिएसद्वारा नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ लक्षित गर्दै ल्याइएको टिभिएस ६ प्राइजको सप्राइजको बम्पर उपहार भक्तपुरका विनोद मानन्धरले जितेका छन् ।

 

 

भदौ १६ गते बाट सुरु भई मंसिर १४ सम्म चलेको उक्त उपहार योजनामा टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक उपहारको व्यवस्था थियो । यस कार्यक्रम अन्तर्गत बम्पर उपहारमा प्रोटोन सागा कार रहेको थियो । उक्त कारका बिजेता मानन्धर बनेका थिए । उनले टिभिएस एन्टीओआरक्वीयू आर्टी एफआई मोटरसाइकल किनेका थिए । आज हिमालयन टिभीमार्फत उक्त घोषणा गरिएको थियो ।

 

त्यस्तै यस उपहार योजना अन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यासब्याक उपहार पनि रहेको थियो । १०० प्रतिशत क्यासब्याक उपहार सकिन धोबी, रबिन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चंद, कृष्णप्रसाद भट्टराई र केशवकुमार रावलले जितेका थिए । साथै खड्गी माया आङ्ग्देम्बे र बिना नेम्बाङ्गले टिभिएस ६ प्राइजको सप्राइज अन्तर्गत आरआर ३१० जितेका थिए । योजना अवधिभरी सम्पूर्ण बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक शुक्रवार साँझ ६ः४५ बजे हिमालयन टिभीबाट प्रशारण भएकाे थियो ।

 

 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

 

 

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै