भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे अब नेपालका मानार्थ महारथी
रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् ।
उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
नेपाल–भारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
उक्त समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो ।
आज साँझ प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले उहाँको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया