Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

राम्रो कामको प्रलोभनमा मुम्बईको बेश्यालयमा बेचबिखन

पक्राउ परेका टाउटाउ तामाङ । तस्वीरः नेपाल प्रहरी

मानव बेचविखन अनुसन्धान ब्यूरोले २० वर्षकी महिलालाई भारतको मुम्बईस्थित बेश्यालयमा बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

 

ब्युरोले निम्न आर्थिक तथा चेतनास्तर भएकी बर्ष २० की महिलालाई राम्रो तलव सुबिधा सहितको काममा लगाई दिन्छु भनी मुम्बईको बेश्यालयमा बेच्ने मेलम्ची नगरपालिका–६ स्थायी ठेगाना भई नयाँ बस्ती बस्ने ५२ वर्षीय टाउटाउ तामाङलाई पक्राउ गरेको हो ।

 

टाउटाउ घटनापछि फरार रहेको ब्युरोले जनाएको छ । 

 

उनी बिरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान हुने ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विबेदी पर्दाफासलाई बताए ।

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

७० लाख जरिवाना र ४५ दिन कैद छल्दै हिँडेका वीरगञ्जका सत्यानारायण रौनियार पक्राउ 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

असोज २६, २०७७