भारतको उत्तराखण्डस्थित केदारनाथमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथमा मंगलबार हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाइलट र ६ जना यात्रु रहेका छन्।

उक्त हेलिकप्टर केदारनाथबाट तीर्थयात्रीहरूलाई लिएर गुप्तकाशीतर्फ जाँदै गर्दा पहाडमा ठोक्किएर विष्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केदारनाथ धामबाट २ किलोमिटर टाढा गरूडछट्टी नजिक मौसम खराब हुँदा हेलिकप्टर दुर्घटना भएको हो।

दुुर्घटनाको समयमा उक्त स्थानमा बाक्लो हुस्सु र बादल लागेको र असिना पानी परिरहेको थियो। कुहिरो र कम भिजिबिलिटीका कारण हेलिकप्टर पहाडमा ठोक्किएर विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार हेलिकप्टर खसेलगत्तै इन्जिन उडेको थियो र हेलिकप्टर विस्फोट भएको थियो।

गरूडछट्टी नजिकैको पहाडी खेतमा हेलिकप्टर खसेको छ। त्यहाँ शव छरपस्ट अवस्थामा रहेको र उद्धार टोलीले उद्धार कार्य सुरु गरेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर