भारतीय विदेश सचिव क्वात्राको कार्यकाल १६ महिना थप

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको कार्यकाल १६ महिना थप गरिएको छ । उनी यही ३१ डिसेम्बरमा सेवानिवृत्त हुँदै थिए ।
क्वात्रा यही वर्षको १ मेदेखि विदेश सचिवको रुपमा कार्यरत छन् ।

उनीअघि हर्षवद्धन श्रृंगला उक्त पदमा थिए ।

भारतीय मन्त्रिपरिषदको नियुक्ति समितिले विदेश सचिवको रुपमा क्वात्राको कार्यकाल बढाउने निर्णय गरेको हो । उनको कार्यकाल अब ३० अप्रिल २०२४ सम्म हुनेछ ।

भरतले भर्खरै जी २० को अध्यक्षता लिएको बेलामा क्वात्राको कार्यकाल विस्तार भएको हो । भारतले आगामी वर्ष जी २० शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।

यसअघि क्वात्रा नेपालमा भारतीय राजदूतको रुपमा कार्यरत थिए । क्वात्रा भारतीय छिमेकी मुलुकका साथै अमेरिका, चीन र युरोपेली मुलुकहरुको कूटनीतिमा जानकार मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *