तीन दशकदेखि फरार इटलीका ‘मोस्ट वान्टेड’ माफिया प्रमुख पक्राउ
२ माघ २०७९ १५:०८
इटलीको काराबिनेरी प्रहरीले सोमबार तीन दशकदेखि फरार रहेका देशका मोस्ट वान्टेड माफिया प्रमुख माटेओ मेसिना डेनारोलाई पक्राउ गरेको छ।
पक्राउपछि सिसिलीको राजधानी पालेर्मोमा हिरासतमा राखिएका मेसिना डेनारो सिसिलीको कोसा नोस्ट्रा माफिया प्रमुख भएको आरोप छ।
सन् १९९२ मा माफियाविरोधी अभियोजक जियोभन्नी फाल्कोन र पाओलो बोर्सेलिनोको हत्यामा उनकाे संलग्नता पुष्टि भएपछि आजीवन कारावासको सजाय सुनाइएको थियाे।
उनले फ्लोरेन्स, रोम र मिलानमा भएको बम आक्रमणको घटनामा आजीवन कारावासको सामना पनि गरेका छन् जुन आक्रमणमा १० जनाको मृत्यु भएको थियो।
प्रहरीले सेप्टेम्बर २०२२ मा उनी लामो समयदेखि फरार भए तापनि उनको क्षेत्रीय गढ ट्रापानीको पश्चिमी सिसिलियन शहर वरपरको क्षेत्रमा माफिया चलाउन आदेशहरू जारी गर्न सक्षम भएको बताएको थियो।
- संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
- एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ : गगन थापा
- गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
- सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
प्रतिक्रिया