उपनिर्वाचन लड्ने रास्वपाका तीन उम्मेदवार घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न वैशाख १० गते हुने तय भएको उपनिर्वाचनमा आफ्नो पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगो लगाएको छ।
पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन–२ मा अध्यक्ष रवि लामिछाने, तनहुँ–१ मा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो।
गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए। तर, नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरेपछि त्यहाँ उपचुनाव हुन लागेको हो।
नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ–१ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो।
बारा–२ मा उठ्न लागेका खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं–१ मा उठेका थिए। काठमाडौं–१ मा पाँचौं भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा–२ मा रास्वपाबाट उपचुनाव लड्न लागेका हुन्।
रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा–२ मा उपचुनाव हुन लागेको हो।
- बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी क्रमिक सुधार गर्ने कार्यक्रम आयो : डा.वाग्ले
- कांग्रेसको प्रारम्भिक टिप्पणी- सरकारको नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन
- नीति तथा कार्यक्रममा धेरै नयाँ कुरा आएका छन् : गृहमन्त्री लामिछाने
- नीति तथा कार्यक्रम पुरानै ढर्राको आयो,छलफल गर्नुपर्ने कुनै अर्थ छैन : पूर्वअर्थमन्त्री महत
प्रतिक्रिया