संसदीय समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्छ : गगन थापा
२ जेठ २०८० १५:२८
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहीता बनाउनुपर्ने बताएका छन्। मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्।
समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै उनले समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरू कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता आवश्यक रहेको बताएका हुन्।
उनले समितिको बैठक आकस्मिक समयबाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताए। उनले समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको बताए।
उनले समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहिता निश्चित व्यवस्था राख्नुपर्ने धारणा व्यक्त गरे। सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिए।
- संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
- एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ : गगन थापा
- गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
- सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
प्रतिक्रिया