बजेट २०८०/०८१
भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घट्यो
१५ जेठ २०८० १८:५७
सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।
उनले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेको बताए। सरकारले भौतिक पूर्वाधार मन्त्रालयको चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको ३० अर्बले बजेट घटाएको छ।
बजेटमा विभिन्न सडकमार्गहरूको निर्माण सुरु गर्ने, विस्तार गर्ने र नियमित कार्य जारी राख्ने उल्लेख छ।
- काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
- विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता आवश्यक : निजी क्षेत्र
- कोशीमा मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्रीसहित १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
- बैंकहरुको ऊर्जामा लगानी हरेक वर्ष २ प्रतिशतले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पु¥याउने नीति आवश्यक : अध्यक्ष कार्की
प्रतिक्रिया