प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव आज संसदमा पेस हुने
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव आइतबार संसदमा पेस हुने भएको छ । संसदको बिहान ११ बजेबाट शुरु हुने बैठकको संभावित कार्यसूचीमा प्रधानन्यायाधीश राणामाथिको महाअभियोग प्रस्तावमाथि छलफल हुने विषय रहेको छ ।
गत फागुन १ गते सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले राणाविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका थिए ।
त्यसलगत्तै निलम्बनमा परेका राणामाथि महाअभियोगमाथि करिव ६ महिनापछि छलफल सुरु हुन लागेको हो । उनीमाथि २१ वटा अभियोग लगाइएको छ ।
नेपाली कांग्रेसक तत्कालीन संमसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् । भुसाल अहिले प्रतिनिधिसभा उप सभामुख छिन भने श्रेष्ठ मन्त्री रहेका छन् ।
महाभियोग दर्ता भएसँगै फागुन २२ गतेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो। समितिमा कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा छन्।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का रहँदा जसपाबाट प्रमोद साह, लोसपाबाट एकवाल मियाँ रहका छन् भने प्रमुख प्रतिक्षी दल नेकपा एमालेबाट समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्वाहाम्फे र कृष्णभक्त पोखरेल छन्।
- एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ : गगन थापा
- गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
- सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
- आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
प्रतिक्रिया