कतारका विदेश राज्यमन्त्रीले भेटे प्रधानमन्त्री दाहाललाई
८ मंसिर २०८० १७:०३
नेपालको दुईदिने भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल-मुरैखीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री दाहाललाई भेट्न राज्यमन्त्री मुरैखी शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटमा द्विपक्षीय हित र लगानी तथा श्रम सहयोगलगायतका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राज्यमन्त्री मुरैखीले यसअघि शुक्रबार नै परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए।
सो क्रममा मन्त्री साउदले कतार सरकारका तर्फबाट प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
राज्यमन्त्री मुरैखी बिहीबार काठमाडौं आएका हुन्।
- संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
- एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ : गगन थापा
- गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
- सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
प्रतिक्रिया