एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट, यस्ता छन् एजेण्डा
मन्त्री परिवर्तन विषयको विवाद चर्किर्दै गएको समयमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु हुँदैछ ।
२ दिने बैठकमा पालिका चुनावको समिक्षा, संघ तथा प्रदेश सभा चुनावको तयारी, संगठन विस्तार कार्ययोजनासहितको विषयमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सञ्चार माध्यमहरुलाई जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
तीन साताअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी चार मन्त्री परिवर्तन गर्ने सचिवालयले गरेको निर्णय कार्यान्वयन नभएपछि एकीकृत समाजवादीमा विवाद देखिएको छ ।
शुक्रबार मात्रै ४ मन्त्रीसहित १० जना सांसदहरुले निर्णयलाई चुनौति दिँदै संसदीय दलको बैठक माग गर्दै निवेदन दर्ता गरेका छन् ।
शुक्रबारको पोलिटब्युरो बैठकमा पनि अध्यक्ष नेपालले पार्टी निर्णयलाई स्वीकार्दै सरकारबाट फिर्ता हुन मन्त्रीहरुको आग्रह गरेका थिए ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र मन्त्री पदबाट राजिनामा दिने जानकारी बैठकलाई गराएका थिए।
- नेता खतिवडाको प्रश्न- देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो?
- सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ : नेता रिजाल
- विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
- एक वर्षमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारको आँकलन
प्रतिक्रिया