कस्तो रहला आजको मौसम ?
९ पुष २०८० ८:०३
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बिहान देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेने जनाएकाे छ । तराईका थोरै भुभागमा हुस्सु तथा कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
- प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
- एकीकृत समाजवादीले भन्यो- सिरोहिया पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो
- पक्राउपछि सिरोहियाले भने- सरकारले अधिनायकवादी चरित्र देखायो, प्रेस स्वतन्त्रतामाथि कुठाराघात भयो
- सिरोहियालाई पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत
प्रतिक्रिया