मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, तराईमा हुस्सु
१८ पुष २०८० ७:०९
हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
- प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
- एकीकृत समाजवादीले भन्यो- सिरोहिया पक्राउ गरेर प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजियो
- पक्राउपछि सिरोहियाले भने- सरकारले अधिनायकवादी चरित्र देखायो, प्रेस स्वतन्त्रतामाथि कुठाराघात भयो
- सिरोहियालाई पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत
प्रतिक्रिया