सशस्त्रमा सईको विशेष बढुवाका लागि निवेदन माग
सशस्त्र प्रहरी बल नेपालले नायव निरीक्षक (सई) पदमा विशेष बढुवाका लागि निवदेन माग गरेकाे छ ।
बलले जिम्मेवारी वहन गर्ने क्रममा घाईते, अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवाका लागि आवेदन माग गरेकाे हाे । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले सुचना प्रकाशित गर्दै सई पदमा बढुवा पदपुर्ति गर्न आवेदन माग गरेको हो ।
सूचना अनुसार संगठनले सुम्पेको जिम्मेवारी सम्पन्न गर्ने क्रममा घाईते, अंगभंग भएका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई मात्र एक पटकको लागि एक तह पदोन्नती दिइने प्रावधान मिलाउने निर्णय भए अनुसार साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक १ (विशेष पद) पदमा बढुवाद्धारा पदपूर्ति गर्न लागिएको जनाइएको छ ।
सुचना प्रकाशित भएको मितिले दुईदिनभित्र सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ५१ सँग सम्बन्धित अनुसूची – १३ बमोजिमको मूल्याङ्कन फाराम भरि बुझाउन माग गरिएको छ ।
- कोशीमा मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्रीसहित १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
- बैंकहरुको ऊर्जामा लगानी हरेक वर्ष २ प्रतिशतले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पु¥याउने नीति आवश्यक : अध्यक्ष कार्की
- न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
- लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति
प्रतिक्रिया