अन्तिम खेल बेस्ट खेल्छौँ : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डबिरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताएका छन् ।
बुधवार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताएका हुन् ।
उनले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसावले खेल्न नसकेको स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने बताए । उनले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताए । उनले आगामी खेलका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको बताए ।
नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो ।
नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आईतवार खेल्नेछ ।
- लामाले बनाइन् कम समयमै सगरमाथा आरोहण गरेर कीर्तिमान
- जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा हुने नोक्शानीको जिम्मा सरकारले लिने प्रावधान बनाउन जरुरी : सभापति राणा
- विश्वमा उत्पन्न अवसर र चुनौतिको सामना गर्न कुटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : मन्त्री श्रेष्ठ
- रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो : ओली
प्रतिक्रिया