एकैदिन प्रतितोला २ हजार रूपैयाँले बढ्यो सुनको भाउ
२० फागुन २०८० १२:०१
नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको भाउ बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया