मोरङमा धारिलो हतियार प्रहार गरि १५ बर्षिय बालिकाको हत्या
२२ फागुन २०८० ९:४४
मोरङको पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा एक बालिकाको हत्या भएको छ ।
सोमबार राति करिव १० बजे १५ बर्षिय बालिकालाई धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले बताएको छ ।
आफन्तको घरमा बस्दै आएकी सन्जना भन्ने ज्ञानमति थुलुङ राईको हत्या भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । राति करिव १० बजे ऐया भनेको आवाज आएपछि हेर्न पुग्दा घाँटीमा धारिलो हतियार प्रहार भएर लडेको अवस्थामा फेला परेको बिनोद राईले बताए ।
मृतक राईको शव घर र शौचालयको वीचमा रहेको प्रहरीले जनाएको छ।
समाचार तयार पार्दासम्म घट्नाको अनुसन्धानको लागि कुकुर मगाउन पर्ने हुन सक्ने भएकोले शव नछोइ घेरा गरेर राखिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक शुसिलकुमार पाण्डेले जानकारी दिए । घट्ना, कस्ले र किन घटाएका खोजि सुरु भएको प्रहरीले जनाएकको छ ।
- लामाले बनाइन् कम समयमै सगरमाथा आरोहण गरेर कीर्तिमान
- जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा हुने नोक्शानीको जिम्मा सरकारले लिने प्रावधान बनाउन जरुरी : सभापति राणा
- विश्वमा उत्पन्न अवसर र चुनौतिको सामना गर्न कुटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : मन्त्री श्रेष्ठ
- रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो : ओली
प्रतिक्रिया