मधेश प्रदेशसभामा झडप, बैठक फेरी स्थगित
४ वैशाख २०८१ २०:२६
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन् ।
जनमत पार्टीका सांसदहरुले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समित गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन् । त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ ।
दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यसअघि पनि संसद अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक करिब ५ घण्टापछि संचालन गरेका थिए ।
- काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
- विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता आवश्यक : निजी क्षेत्र
- कोशीमा मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्रीसहित १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
- बैंकहरुको ऊर्जामा लगानी हरेक वर्ष २ प्रतिशतले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पु¥याउने नीति आवश्यक : अध्यक्ष कार्की
प्रतिक्रिया