सल्यानमा बस दुर्घटनामा १४ जना घाइते
५ वैशाख २०८१ १२:३८
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारीक्षक कुबेर कडायतले बताए । उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
- काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
- विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता आवश्यक : निजी क्षेत्र
- कोशीमा मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्रीसहित १० सदस्यीय बन्यो मन्त्रिपरिषद्
- बैंकहरुको ऊर्जामा लगानी हरेक वर्ष २ प्रतिशतले वृद्धि गरी १० वर्षमा २० प्रतिशत पु¥याउने नीति आवश्यक : अध्यक्ष कार्की
प्रतिक्रिया