कास्कीमा खानेपानीको पाइप चोरेको आरोपमा जनप्रतिनिधिसहित चार जना पक्राउ

कास्कीको मादी गाउँपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइप चोरेको आरोपमा एक जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मादी गाउँपालिका–१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङ, सोही गाउँपालिका–७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, सोही स्थान बस्ने २६ वर्षीय निरज तामाङ र लम्जुङ मध्यनेपाल नगरपालिका–८ स्थायी घर भई पोखरा महानगरपालिका–१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार छन्।

खानेपानी संस्थानको पाइपहरू चोरी भएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी गाउँपाकिा–५ तर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *