सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेमा १५.८ अंकले गिरावट

सेयर बजार साताको कारोबार हुने पहिलो दिन सोमबार घटेको छ । नेप्से परिसूचक १५.८ अंकले घटेर २०३२ अंकमा कायम भएको छ । सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । उक्त दिन कारोबार रकम ९९ करोड ८६ लाख रुपैयाँ छ ।

बैंकिङ समूह ११, विकास बैंक १६, फाइनान्स १७, होटल तथा पर्यटन ३५, जलविद्युत् ५ र जीवन बीमा समूह १४० अंकले घटेको छ । यस्तै, उत्पादन ५१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १०२, अन्य १ र ब्यापार उपसमूहको सूचक १५ अंकले घटेको छ ।

बलेफी हाइड्रोपावर र ग्रीन भेन्चरको मूल्य १० प्रतिशतले बढेको छ । युनिलिभर तथा आँधीखोला लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ । ४५ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ७ को स्थिर रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर