बजेट निर्माणमा पदाधिकारी बाहेक कसैको संलग्नता छैन्ः अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले बजेट निर्माणमा सरकारी पदाधिकारी बाहेक अरूको सहभागिता नरहेको जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा मन्त्रालयका जिम्मेवार पदाधिकारी बाहेक अरू कसैको सहभागिता नरहेको अर्थ मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता भुपाल बरालले सोमबार प्रेस विज्ञप्ति जारी गरी सञ्चारमाध्यममा आएजस्तो बाहिरका मान्छे बजेट निर्माणमा सहभागी नहरेको उल्लेख गरेका हुन् ।

प्रवक्ता बरालले जारी गरेको बिज्ञप्तीमा, ‘बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा २०७९ जेठ १४ गते समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, राजस्व सचिव र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएको जिम्मेवार पदाधिकारीहरू बाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं’, उल्लेख छ ।

यससँगै करको दर परिवर्तन गर्ने प्रचलित अभ्यास नै रहेको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयले भनेको छ, “आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्बन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधिभित्र रहेर निजी, सरकारी तथा गैरसरकारी क्षेत्र लगायत विभिन्न विज्ञहरूको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरू प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर