३० लाख भ्रष्टाचार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

पर्साको वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माविका प्रधानाध्यापक बलराम श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला शिक्षा कार्यालयबाट आएको भौतिक निर्माणको लागि आएको रकम सम्बन्धित कार्यको लागि खर्च नगरी आफूखुसी खर्च गरेको र तीन महिना तथा दशैं खर्चबापतको दोहोरो तलब लिएको अख्तियारले बताएको छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०६८÷६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणबापत विद्यालयलाई विभिन्न शीर्षकमा २९ लाख ५० हजार रुपैयाँ निकासा भएको थियो ।

यद्यपि श्रेष्ठले उक्त रकम श्रेष्ठले हिनामिना गरेको अख्तियारको ठहर छ । त्यस्तै श्रेष्ठले तीन महिना र दशैं खर्चबापतको ९२ हजार ३७८ रुपैयाँ दोहोरो तलब लिएका थिए।

अख्तियारले श्रेष्ठसँग ३० लाख ४२ हजार ३७८ बिगो, जरिवाना र कैद माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यस्तै विद्यालयका कर्मचारी राकेशमान श्रेष्ठले लेखा सञ्चालन गर्ने हैसियतले एउटा शीर्षकमा विनियोजित रकम सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुसी खर्च गरेको पुष्टि भएको भन्दै उनलाई पनि २९ लाख ५० हजार बिगो माग गर्दै मुद्दा चलाइएको अख्तियारले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर