पल शाहलाई पूर्पक्षका लागि थुनामा राख्ने दुवै जिल्ला अदालतको आदेश उच्चबाट सदर

उच्च अदालतले नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दामा दुवै जिल्ला अदालतले दिएको आदेश सदर गरेको छ । बिहीबार मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको हो ।

यसअघि जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला सुनाएका थिए । बिहीबार  उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले दुवै जिल्लाको फैसलालाई सदर गरेको हो ।

शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएपनि उच्च अदालतले दुवै अदालतको आदेश सदर गरेको हो ।

शाहले आफूलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए । तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए ।

यस्तै, सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेको छ।

तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नु पर्ने माग गरेको थियो ।

तर उच्च अदालतले जोशीको हकमा पनि जिल्ला अदालतकै आदेश सदर गरेको हो। वकिल कार्यालयले वैशाख २५ गते निवेदन दिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *