रुपन्देहीका चार व्यापारीविरुद्ध १० करोड भन्सार र भ्याट छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले १० करोडभन्दा बढी रकम भन्सार र भ्याट छलीको आरोपमा रुपन्देहीका चार व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध शुक्रबार राजस्व चुहावटसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको हो ।

व्यापारीहरु नसिपदिन मियाँ, शंकर प्रसाद आचार्य, रेखा जैसवाल र आशिष सिंहले मिलेमतोमा भारतबाट भन्सार चोरी पैठारी गरी मालवस्तु नेपाल भित्र्याई काठमाडौं लगायतका स्थानमा विक्री गर्दै आएका थिए ।

सिंह भारतीय नागरिक हुन् । भारत दिल्ली गान्धीनगर राजगढ कलोनी स्थायी घर भएका उनी काठमाडौंमा बस्दै आएको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुले भित्र्याएको मालवस्तुको नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर समेत नतिरी राजस्व चुहावट गर्दै आएका थिए ।

चारै जनाविरुद्ध राजस्व चुहावटमा एक करोड ३८ लाख बिगो, बिगोको शतप्रतिशत जरिवाना र कैद सजाय माग गरिएको छ । यस्तै, भन्सार छलीमा रेखा जैसवाल, नसिपदिन मियाँ र आशिष सिंहलाई नौ करोड २१ लाख बिगो, बिगोको शत प्रतिशत जरिवाना र कैद सजाय माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर