करोडौं ठगी मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेसहित ६ जनालाई सफाइ

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा करोडौं रुपैयाँ ठगी आरोप लगोका लम्बोदरकुमार न्यौपानेलगायत ६ जनाले सफाइ पाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले ठगी र कितेको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिने आदेश दिएको हो ।

न्यौपाने कलेजका पूर्वअध्यक्ष हुन् । उनले ३३ करोड ७५ लाख रुपैयाँ हिनामिना गरेको भन्दै कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठ उजुरी दिएका थिए । १० मंसिर २०७७ मा पक्राउ परे पनि न्यौपाने जिल्ला अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

न्यौपानेसँगै कलेजका पूर्वलेखा नियन्त्रक रामकुमार श्रेष्ठ, पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखाका सहायक प्रशासक चोलाकान्त च्वाईं, कलेजका तत्कालीन सञ्चालकहरु लवराज भट्टराई, उपेन्द्र गौतम, रामरत्न उपाध्यायविरुद्ध उजुरी परेका थिए ।

श्रेष्ठ र च्वाईं पक्राउ परे पनि अन्य फरार रहेका थिए । रामरत्न उपाध्यायविरुद्ध ४ करोड ७० लाख, लवराज भट्टराईविरुद्ध ६ करोड ३४ लाख, उपेन्द्र गौतम ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठविरुद्ध २८ लाख ६४ हजार ठगीको अभियोग थियो ।

यस्तै चोलाकान्त च्वाईंमाथि भने किर्ते गरेर कलेजको विधान परिवर्तन गरेको अभियोग थियो । अदालतको आदेशको पूर्णपाठ आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *