महोत्तरीमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

महोत्तरीको एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।

महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो ।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरुको विषयमा थप अनुसन्धानको काम भइरहेको अख्तियारले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर