सर्लाहीको ईश्वरपुरका वडाध्यक्ष र सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडाध्यक्ष र सदस्यविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडाध्यक्षमा पुनः निर्वाचित रामदुलार साह र वडा सदस्य उमेश रायले आफ्नो कार्यकालमा घुस लिएको अनुसन्धानमा देखिएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरुलाई एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ ।

अख्तियारले मुद्दा विचाराधीन अवस्थामा रहेकोमा उनीहरुलाई निलम्बनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर