महिलालाई हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकी छन् ।

मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीमा मीना भण्डारी बस्नेतको घरमा पसी उनी र उनको छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीलाई छ ।

केही अघि वली र मीनाका श्रीमान् एकराज बस्नेतसँग प्रेम सम्बन्ध रहेको बाहिरिएको थियो । घटनापछि स्थानीय आक्रोशित भएका छन् भने घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

वलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर