सशस्त्रमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालमा एसपीको पदावधि घटाउने प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । गृहको प्रस्ताव अर्थ मन्त्रालयले सहमति दिएसँगै मन्त्रिपरिषदमा पेस लागिएको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै यो प्रस्ताव कार्यान्वयनमा आउनेछ ।

गृहले सशस्त्रमा एसपीको पदावधि ३ वर्षे बनाउन लागेको हो । हालसम्म यो ४ वर्षे पदावधि रहेको छ । सशस्त्र प्रहरी नियमावली संशोधन गरेर पदावधि घटाउन लागिएको गृह मन्त्रालयस्तरीय उच्च स्रोतले जानकारी दिएको हो ।

सशस्त्र प्रहरीको नियमावलीअनुसार बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्छ । एसएसपी बढुवामा मात्र यो प्रावधान संशोधन गर्न लागिएको हो । अन्य पदमा भने यो व्यवस्था कायमै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *