पोर्चुगल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने एकजना पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफु उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी तनहुँको बन्दिपुर घर भई हाल काठमाडौंको म्हेपी बस्ने सुकमाया गुरुङसमेत आठजनाबाट ३३ लाख ५० हजार ठगी गरेका हुन् ।

प्रहरीले गरेको अनुसन्धानको क्रममा पीडितहरुलाई श्रेष्ठले दिएको हवाई टिकट तथा भिसा नक्कली देखिएको हो ।

प्रहरीले ठगीको आरोपमा पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर