बेलायतको क्याट्रिक ग्यारिजनमा नेपाली कलाकारको प्रस्तुति

नेपाली गायकगायिकाहरुले बेलायतको क्याट्रिक ग्यारिजनमा दमदार सांस्कृतिक प्रस्तुति गरेका छन् ।

सुनगाभा इन्टरटेन्मेन्टको प्रस्तुतिमा ब्रिटिस गोर्खाज् एण्ड नेप्लिज कम्यूनिटीको सहभागितामा भ्वाइस अफ नेपालका बिजेता राम लिम्बू, गायिका सन्जु मोक्तान सहित बेलायतमा बसोबास गरिरहेका स्थानीय कलाकारले प्रस्तुती दिएका हुन् । कम्यूनिटीका अध्यक्ष बिनी गुरुङले सबैलाईस्वागत गरे ।

‘नेपाली गीतसंगीतको प्रवर्द्धनसहित नेपाली कलाकारहरुको सम्मान गर्न कार्यक्रम आयोजना गरेका हौं,’ आयोजक नन्दराज राईले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछौं ।’ लिम्बू र मोक्तानलाई बेलायतमा बसोबास गरिरहेका स्थानीय गायिका अनिला राई, गायक सोम लिम्बू, विवेक मगर र डान्सर सुब्रिना लिम्बूले साथ दिएका थिए ।

नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा गायकगायिकाले राष्ट्रियभावले ओतप्रोत ‘यो नेपाली शिर उचाली, यो मन त मेरो नेपाली हो’ जस्ता गीत गाउँदा हल पूरै गुञ्जिएको थियो । सहभागीहरुले आफ्नो जातजाति चिनाउने मौलिक पहिरन लगाएका थिए ।

‘विदेशमा नेपाल र नेपालीलाई कति माया गर्दारहेछन् भनेर यस कार्यक्रममा देख्न पाएँ,’ कार्यक्रममा सहभागी तारा राईले सुनाइन्, ‘जहाँ पुगे पनि आफ्नो जन्मभूमि र त्यहाँका दाजुभाइप्रति प्रगाढ प्रेम छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर