सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु

सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् । संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् ।

डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना बढ्दै गएकाले त्यसैमा उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ ।

स्थानीय अरब मिलिसियाले विभिन्न गाउँमा आक्रमण गर्दै आएका छन् । निरन्तरको आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएका छन् ।

राष्ट्रसंघीय अधिकारीले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपायहरु खोज्न पनि सरोकारवालालाई आग्रह गरेका छन् ।

जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्ति, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ ।

तत्कालीन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो ।

त्यसपछि भएका विभिन्न सहमति तथा सम्झौता पालना नभएकाले द्वन्द्व चलिरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर