भारतीय अनुदानमा सर्लाहीमा विद्यालय भवन निर्माण

भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्तरूपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

७८ लाख ३० हजारमा निर्माण भएको उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने ‘आजादी का अमृत महोत्सव’अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनामध्ये एक हो।

नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्‍याउनेछ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदानमा १५ वटा कक्षाकोठा, दुईवटा सिँढी र सरसफाइ सुविधासहितको दुईतले विद्यालय भवन निर्माण गरिएको हो ।

सन् २००३ देखि, भारतले नेपालमा ५२७ उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) लिएको छ र सातवटै प्रदेशकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७१ परियोजना पूरा गरेको छ।

तीमध्ये २० आयोजना सर्लाही जिल्लामा छन् । यीबाहेक भारत सरकारले विभिन्न स्वास्थ्य चौकीरएनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर